PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सिद्धार्थ नगरकी उपप्रमुख काफ्लेसहित पाँच जनाले रोजे एकीकृत समाजवादी



पहिलोपोस्ट

सिद्धार्थ नगरकी उपप्रमुख काफ्लेसहित पाँच जनाले रोजे एकीकृत समाजवादी

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेसहितका ५ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन्। निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरुले समाजवादी रोजेको सनाखत गराएका हुन्। 

उपप्रमुख काफ्लेले आफुले निर्वाचन कार्यालय गएर समाजवादीमा सनाखत गराएको जानकारी दिइन्। उनीसहित बुटवलका वडा सदस्यहरु चीनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्।

रुपन्देहीमा समाजवादी रोज्न बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलवार सनाखत गराउने जानकारी दिएको समाजवादी रुपन्देहीका संयोजक राजु गुरुङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell