PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

सुदूर पश्चिममा एकीकृत समाजवादी बन्यो सबैभन्दा ठूलो दल, १४ जनाले गरे पक्षमा सनाखत



पहिलोपोस्ट

सुदूर पश्चिममा एकीकृत समाजवादी बन्यो सबैभन्दा ठूलो दल, १४ जनाले गरे पक्षमा सनाखत

धनगढी : सुदूर पश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको सङ्ख्या १४ पुगेको छ।

यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। भने आज थप एक जना सांसदले सनाखत गरेकी हुन् ।

आज प्रदेश सांसद माया तामाङ बोहराले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छिन्। उनी  बझाङकी समानुपातिक सांसद हुन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य उनले पार्टी विभाजनसँगै औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेकी हुन्।

उनले सनाखत गरेसँगै सुदूर पश्चिम प्रदेशमा समाजवादी सबैभन्दा ठूलो दल बनेको छ।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्य मन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारा लामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell