PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

देउवालाई महेश बस्नेतको चुनौती : सदनमा प्रचण्डको कार्यकर्ता बनेर आए प्रतिपक्ष कस्तो हुन्छ देखाइदिन्छौं



पहिलोपोस्ट

देउवालाई महेश बस्नेतको चुनौती : सदनमा प्रचण्डको कार्यकर्ता बनेर आए प्रतिपक्ष कस्तो हुन्छ देखाइदिन्छौं

काठमाडौं : नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिस्पर्धी केपी शर्मा ओली नभएको बताएका छन्। राष्ट्रिय युवासंघको कार्यक्रममा उनले देउवाले केही दिन अघि आफूलाई हराउन चुनौती दिएको भन्दै ओलीसँग देउवाको प्रतिस्पर्धा हुन नसक्ने बताएका हुन्।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बस्नेतले  भने,'प्रधानमन्त्रीको प्रतिस्पर्धी त केपी ओली होला भनेको होइन रहेछ। उहाँले त महेश बस्नेतलाई हराउने भन्नुभएछ।'

ओली पछि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई नेता बनाउने सल्लाह भए पनि प्रचण्ड-नेपालले नमानेको बताए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपालका कारण अहिलेको अवस्थामा पुगेको बस्नेतको आरोप छ।

'कुकुरलाई घीउ पच्दैन। प्रचण्ड र माधव नेपाललाई केपी ओली पछाडीको नेता हुने कुरा पचेन। नपचेपछि पार्टी अध्यक्षबाट हटाएको नाटक र नौटंकी गर्नुभयो,' बस्नेतले भने।

माधव नेपाल एमालेको नेतृत्वमा पुग्दा एमाले कमजोर भएको उनको दाबी थियो। उनले नेपालले एमालेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा बुझाएको आरोप समेत लगाए। बस्नेतले एमालेलाई केपी ओलीले मात्रै बचाउन सक्ने तर्क दोहोर्‍याए।

'जुन दिन माधव नेपाल महासचिव हुनु भयो। प्रत्यक दिन एमाले ओरालो लाग्दै गयो। ६४ सालमा जम्मा ३३ सिट जित्यो। झलनाथ, वामदेव र माधव कुमारले ६४ सालमा प्रचण्डको हातमा बुझाउनुभयो। यो एमाले केपी ओलीले बचाउछ,' बस्नेतले भने।

उनले अहिले एमालेलाई चुनौती दिने गरी माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) आएको बताए।  

'नेकपा एमालेलाई चुनौती दिने ढंगले माधव नेपाल मैदानमा आउनु भएको छ। मन्त्री बन्ने अवसरवादीहरु र फटाहरुको समूह बोकेर हामीलाई चुनौती दिन आउनुभएको छ,' उनले भने,'जुन दिन मन्त्रिपरिषद् विस्तार हुन्छ त्यो दिन पार्टी फुट्छ भन्ने डरले विस्तार गर्नु भएको छैन। नेपाली कांग्रेस, माओवादी र माधव नेपालको पार्टी फुटदै छ।'

भदौ २३ गते संघीय संसदमा सरकारलाई एमालेले प्रतिपक्षका रुपमा चुनौती दिने बस्नेतको भनाई छ। उनले देउवालाई सदनमा प्रचण्डको कार्यकर्ता बनेर नआउन चेतावनी दिएका छन्। 'प्रचण्डको कार्यकर्ता बनेर आउनुभयो भने तपाईं हाम्रो प्रत्यक्ष भेट हुनेछ। त्यो दिन सदनमा प्रतिपक्ष देख्नुहुनेछ,' बस्नेतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell