PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

नेपाली कांग्रेसको महाधिवेशन : मकवानपुरमा १०२ वटा वडामै अधिवेशन सम्पन्न



पहिलोपोस्ट

नेपाली कांग्रेसको महाधिवेशन : मकवानपुरमा १०२ वटा वडामै अधिवेशन सम्पन्न

हेटौंडा : मकवानपुरको १०२ वटै वडामै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ।

वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि भएको अधिवेशनमा केही वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा भने आइतवार निर्वाचन भएको थियो। १३ वटा वडामा निर्वाचनबाट र बाँकी ८९ वडामा सर्वसम्मतले वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो।

जिल्लाको १० वटै स्थानीय तहमा निर्वाचन सम्पन्न भएको जिल्लाका कांग्रेस प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन्।

समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरु (जातजाती, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्मिल) लगायतको प्रतिनिधित्व रहेको प्रवक्ता कोइरालाले जानकारी दिए।

अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिसकेको छ। मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तिमा १६ जनादेखि ५० जना चयन गरेको प्रवक्ता कोइरालाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell