PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

थपिए १८९७ कोरोना संक्रमित, एक लाखभन्दा बढीले लगाए खोप



पहिलोपोस्ट

थपिए १८९७ कोरोना संक्रमित, एक लाखभन्दा बढीले लगाए खोप

काठमाडौं : नेपालमा थप १ हजार ८९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १५ हजार ९७९ जनाको परीक्षण गर्दा करिब १९ सयमा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ७४३ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ९७३ पुगेको छ।

संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७ हजार २३२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। हालसम्म देशभर ५५ लाख ७३ हजार ४१९ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन्। यस्तै, ४९ लाख ६२ हजार ७५९ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell