PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

असोज १ गतेबाट काठमाडौंमा सबैखाले विद्यालय खोल्ने निर्णय



पहिलोपोस्ट

असोज १ गतेबाट काठमाडौंमा सबैखाले विद्यालय खोल्ने निर्णय

काठमाडौं : कोरोना संक्रमणको कारण बिगत ४ महिनादेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन्।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र सरोकारवालासँगको छलफलपछि विद्यालय खोल्न दिने निर्णय भएको हो। असोज १ गतेदेखि विद्यालयहरु खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यलाय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

'धेरै विद्यालयमा अनलाइन पठनपाठन भएको रहेनछ। त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्ने निर्णय भएको छ,' प्रजिअ पराजुलीले भने।

काठमाडौंका ६० प्रतिशत सामुदायि विद्यालयहरुमा अनलाइन शिक्षा नभएको तथ्याङ्कले देखाएको छ। बुढानीलकण्ठ, शंकारापुर, कागेश्वरी मनोहरा लगायतका नगरपालिकामा अनलाइन शिक्षा भएको देखिएको छैन। त्यसैले सम्पूर्ण शिक्षकहरुलाई कोरोना बिरुद्धको खोप लगाएर नगरपालिकाको नगर शिक्षा समितिले तोकेर विद्यालय खोल्ने निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell