PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्दै: तयारी लिग २ को



पहिलोपोस्ट

नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्दै: तयारी लिग २ को
फाइल फोटो

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। जसअन्तर्गत पहिलो खेल आज ओमनस्थित अलअमेरत स्टेडियममा आज दिउँसो सवा ११ बजेबाट खेल सुरु हुनेछ। नेपालले सन् २०२० को फेब्रुअरीमा खेलेयता पहिलो पटक एकदिवसीय क्रिकेट खेल्न गइरहेको हो।

ओमन जानुअघि टीयु क्रिकेट मैदानमा प्रशिक्षक डेभ ह्वाटमोर र कप्तान ज्ञानेन्द्र मल्लले वर्षाले अभ्यास प्रभावित पारेको भए पनि राम्रै तयारी भएको बताएका थिए। ओमन पुगेर पनि नेपाली टोलीले लामै अभ्यासको अवसर पाएको थियो। पपुवा न्युगिनीसँग दुई खेल खेलेपछि नेपालले त्रिदेशीय सिरिजमा अमेरिका र घरेलु टोली ओमनसँग प्रतिस्पर्धा गर्नेछ। पपुवा न्युगिनीसँग नेपालले अर्को खेल शुक्रवार खेल्नेछ।

विश्वकप लिग टू अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमन र अमेरिकासँग खेलेको थियो। जसमा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो भने ओमनसँग दुबै खेलमा पराजित भएको थियो।

नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको अमेरिकाले पनि पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको छ। त्यस्तै आयोजक ओमनले मुम्बइको टिमसँग सिरिज खेलेको थियो।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ४ खेल खेलेर ४ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

२१ वटा त्रिकोणात्मक सिरिज सम्पन्न भएपछि शीर्ष तीन टिमले आईसीसी पुरुष विश्वकप क्वालिफायर्समा स्थान बनाउने छन्। त्यस्तै पछाडिका चारवटा टिमले क्रिकेट विश्वकप क्वालिफायर प्लेअपमा स्थान बनाउने छन्।

नेपालको खेल कहिले?

नेपाल भर्सेस पपुवा न्युगिनी (सेप्टेम्बर ७)

नेपाल भर्सेस पपुवा न्युगिनी ( सेप्टेम्बर १०)

लिग २

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १३)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १४)

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १७)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १९)

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनास बोहोरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell