PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बालगोपाल महर्जन नेपाली यू २३ फुटबल टोलीको प्रशिक्षक



पहिलोपोस्ट

बालगोपाल महर्जन नेपाली यू २३ फुटबल टोलीको प्रशिक्षक

काठमाडौं: नेपाली यू २३ टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले जिम्मेवारी पाएका छन्। राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा यसअघि नेपालमा सम्पन्न थ्री नेशन्स कपमा उपाधि दिलाएका महर्जन एएफसी यू २३ एसियन कप क्वालिफायर्सका लागि प्रशिक्षकमा नियुक्त भएका हुन्।

त्यस्तै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलकिपर प्रशिक्षक नियक्त भएका छन्।

क्वालिफायर्समा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा इरान, लेबनान र ताजकिस्तान रहेका छन्। नेपालले पहिलो म्याच इरानविरुद्ध अक्टोबर २५ मा इरानविरुद्ध खेल्नेछ भने दोस्रो म्याच आयोजक ताजकिस्तानविरुद्ध अक्टोबर २८ मा खेल्नेछ। त्यस्तै अन्तिम खेल अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell