PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुवाको मुख हेर्ने दिन बिहानै यस्तो देखियो गोकर्णेश्वर मन्दिर परिसर

बुवाको मुख हेर्ने दिन बिहानै यस्तो देखियो गोकर्णेश्वर मन्दिर परिसर

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज बुवाको मुख हेर्ने दिन। यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। यही मेसोमा उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लागेको छ। यहाँ मेला लाग्ने भएकोले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र भने पूर्णरूपमा सिल गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell