PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

संखुवासभा हत्या प्रकरण : सुरु भयो शव जाँच्ने काम, 'डग स्न्यापिङ' हुँदै



पहिलोपोस्ट

संखुवासभा हत्या प्रकरण : सुरु भयो शव जाँच्ने काम, 'डग स्न्यापिङ' हुँदै
फाइल फोटो

काठमाडौं :  सोमबार संखुवासभाको मादी नगरपालिका उम्लिङ खोलगाउँमा १ मा हत्या गरिएको अवस्थामा फेला गरेका ६ वटा शवको मुचुल्का उठाउने काम सुरु भएको छ। आज बिहानबाट शवको जाँच, प्रहरीको तालिम प्राप्त कुकुरबाट ट्र्याकिङ, अन्य स्थानको सर्च लगायतका कामहरू सुरु भएको छ।

घटनास्थल सदरमुकामबाट ५ घण्टाको दुरीमा भएको कारणले सोमबार प्रहरीको थप अनुसन्धान टोली पुग्न समय लागेको थियो। त्यस्तै सुनसरीको धरानबाट तालिमप्राप्त कुकुर सहितको टोली राति अबेर पुगेकाले पनि आज बिहानबाट काम सुरु भएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए।

'हिजो अबेरसम्म पनि सबै टोली आइपुगेको थिएन। अहिलेबाट शवको चेकदेखि अन्य काम सुरु गरेका छौँ,' डिएसपी सुवेदीले भने।

एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो। घटनामा दुई जना नाबालक पनि परेका छन्। ५६ वर्षीय तेजबहादुर, उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन्। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो।

तेजबहादुरका दुई छोरा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्। एकै परिवारका ६ जना मारिँदा घरमा रहेका तेजबहादुरका बुबा भने बच्न सफल भएका छन्। उनले बिहानमात्र घटना भएको थाहा पाएका थिए।

घटनाको कारण भने खुलेको छैन। प्रहरीले घटनासँग सम्बन्धित सूचना सङ्कलन, त्यसलाई फेरिफाइ गर्ने काम गरिरहेको छ।

'केही नयाँ इन्फर्मेसनहरु आइरहेका छन्। त्यसलाई कन्फर्म गर्ने र सूचनालाई थप विकसित गर्ने काम भइरहेको छ,' डिएसपी सुवेदीले भने।

घटनाको अनुसन्धान गर्ने एसपीको नेतृत्वमा टोली समेत पठाइएको छ। प्रहरी प्रधान कार्यालयले पनि घटनालाई मुख्य चासोको रूपमा हेरिरहेको छ। आवश्यक परेको खण्डमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि प्रहरी पठाउने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell