काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। जसअन्तर्गत पहिलो खेल आज ओमनस्थित अलअमेरत स्टेडियममा आज सुरु हुन गइरहेको छ। आजको खेलमा नेपाल टस हारेर फिल्डिङमा उत्रने भएको छ।
नेपालको तर्फबाट आज तीन खेलाडीले ओडीआई डेब्यु गर्दैछन्। जसमा कुशल भुर्तेल, विक्रम सोब र आशिफ शेखले डेब्यु गर्दैछन्।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, शरद भेषवाकर, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, पवन सर्राफ, विक्रम सोब, सन्दीप लामिछाने
पीएनजी टिम
असद भाला (कप्तान), चार्ल्स अमिनी, टोनी उरा, लेगा सिआका, सेसे बउ, किप्लिन डोरिगा, गौडी टोका, छाड सोपेर, जासोन किला, डामिएन रभु, नोसैना पोकना
