PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख विरुद्ध दर्ता गराएको रिटको सुनवाइ प्रधानन्यायाधीश राणाको एकल इजलासमा



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख विरुद्ध दर्ता गराएको रिटको सुनवाइ प्रधानन्यायाधीश राणाको एकल इजलासमा

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको रिटको सुवाइको इजलास प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एक इजलासमा हुने भएको छ।

प्रधानन्यायाधीश राणाले रिटको सुनवाइ आफ्नै इजलासमा राखेका हुन्। भदौ १७ गते अध्यक्ष ओलीले कारवाहीको लागि सिफारिस गरिएका आफ्ना १४ जना सांसदको नयाँ पार्टी दर्ता सनाखत गरेको विषयलाई लिएर निर्वाचन आयोगविरुद्ध रिट दर्ता गराएका थिए।

त्यस्तै, सोही दिन ओलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कारवाहीका लागि सिफारिस गरिएका १४ सांसदलाई कारबाहीको सुचना टाँस नगरेको भन्दै रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए।

कारवाहीमा परेका १४ सांसदलाई देखाएर माधव नेपालले नयाँ पार्टी नेकपा समाजवादी एकीकृत दर्ता गरेका थिए। एमालले यही विषयलाई लिएर निर्वाचन आयोग र सभामुखदेखि रुष्ट बन्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell