PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

म्यानमार सेनाद्वारा 'मुस्लिम विरोधी' बौद्ध भिक्षु रिहा



पहिलोपोस्ट

म्यानमार सेनाद्वारा 'मुस्लिम विरोधी' बौद्ध भिक्षु रिहा
Photo : Getty Images

म्यानमारको जुन्ता सरकारले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ। मुस्लिम विरोधी र उग्रराष्ट्रवादी विराथुको समर्थन सेनालाई छ।

सन् २०१९ मा उनीविरुद्ध निर्वाचित सरकारविरुद्ध क्रियाकलाप गरेको अभियोग लगाइएको थियो। त्यसपछि उनले आत्मसमर्पण गरेका थिए। निर्वाचित सरकार सैन्य कूबाट हटेपछि विराथुलाई थुनामुक्त गरिएको हो। सेनाले उनीविरुद्ध लगाएका सबै अभियोग समेत फिर्ता लिएको छ।

रोहिंग्या मुस्लमानको नरसंहारका क्रममा उनको उग्र भाषण पनि प्रमुख कारण रहेको बताइन्छ। मुस्लिमविरुद्ध कट्टरपन्थी विचार राख्ने उनलाई 'बौद्धमार्गी बिन लादेन' समेत भन्ने गरिन्छ।

हाल उनको एक अपस्पतालमा उपचार भइरहेको जनाइएको छ। तर, उनलाई के भएको छ भन्ने बारेमा सार्वजनिक गरिएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell