PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

यम बरालको ‘अझ वर वर आउ’ गीत सार्वजनिक



पहिलोपोस्ट

यम बरालको ‘अझ वर वर आउ’ गीत सार्वजनिक

काठमाडौं : गायक यम बरालको ‘अझ वर वर आउ’ बोलको गीत सार्वजनिक भएको छ।  रोमान्टिक शैलीको गीतमा यम बरालका साथै गायिका प्रविशा अधिकारीको स्वर रहेको छ।

उज्वलराज भट्टराई लेखेको गीतमा बरालले नै संगीत दिएका छन् भने बलराम समालले गीतमा संगीत संयोजक गरेका छन्। गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल र जोर्डन राजभण्डारीको अभिनय देख्न सकिन्छ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell