PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

आठौं 'छायाँछवि तीज म्युजिक अवार्ड' : २९ विधामा अवार्ड प्रदान



पहिलोपोस्ट

आठौं 'छायाँछवि तीज म्युजिक अवार्ड' : २९ विधामा अवार्ड प्रदान

काठमाडौं : आठौं 'छायाँछवी तीज म्युजिक अवार्ड' सम्पन्न भएको छ। राजधानीमा आयोजित बिशेष समारोहबिच २९ विधामा उत्कृष्ट स्रजकहरुलाई अवार्ड प्रदान गरिएको हो। कोरोना भाइरस महामारीबिच पनि स्वास्थ्य मापदण्ड पुरा गर्दैँ अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ।

विगत आठ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो। मौलिक तीज गीतलाई प्रोत्साहन गर्दै नेपाली कला संस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पुर्‍याउने उद्देश्यले अवार्ड आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले बताए।

यस्तो छ २९ विधामा विजेताको नामावली

उत्कृष्ट तीज गीत मिक्सीङ : मनोज परियार, पातली ३

उत्कृष्ट तीज गीत एरेञ्जर : राकेश सोनी, घिन घिनमादल

उत्कृष्ट तीज मौलिक गीत नव गायिका : सकुना श्रेष्ठ, माइतीको आगन

उत्कृष्ट तीज गीत नव गायिका : शिलाश्मा हमाल, झिलिमाई

इन्करेजमेन्ट अवार्ड : सारदा धिताल, सिङ्गापुरे साडी

उत्कृष्ट तीज गीत मोडल पुरुष : दिपेन्द्र तिमिल्सीना, पारी बन हरियो

उत्कृष्ट तीज गीत मोडल महिला : टीका जैशी, डालीमा पुतली भुरुभुरु

उत्कृष्ट तीज गीत भिडियो छायांकार : मुकेश हुमागाई, आँखा गयो नयाँ चिजैमा

उत्कृष्ट तीज मौलिक गीत भिडियो सम्पादक : बिनोद वन, आँखागयो नयाँ चिजैमा

उत्कृष्ट तीज दोहोरी गीत भिडियो सम्पादक : राजकुमार मगर, हङ्कङ्को साडी –२

उत्कृष्ट तीज गीत नृत्य निर्देशक : केशवराज भट्ट, झिलिमाई

उत्कृष्ट तीज गीत भिडियो निर्देशक : सुरेन्द्र वसेल, यस पालीको तीजमा

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक : सुमन सागर जंग केसी, जम्का भेट

उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल) : होम गुरुङ,  मुग्लिन

उत्कृष्ट तीज गीतशब्द : ज्योति गुरुङ, परदेशको छोरी

उत्कृष्ट सन्देश मुलक गीत गायिका : शुष्मा शाही ठकुरी, सानी

उत्कृष्ट तीज मौलिक गीत लय : एचवि सुनार, माईतीको आगन

उत्कृष्ट तीज दोहोरी गीत लय : रमेश परियार,  माईती देशैको

उत्कृष्ट दोहोरी तीज गीतगायिका : चिजा तामाङ, तारा जुन

उत्कृष्ट दोहोरी तीज गीत गायक : भुवन प्यासी, मखमली

उत्कृष्ट दोहोरी तीज गीतगायक (पब्लिकच्वाइस) : सम्राट चौलागाई, सम्झिने पानी छम्कने

उत्कृष्ट तीज गीत : दीया नेपाल, पिलासे चोली

सर्वोत्कृष्ट तीज गीत : ऋतु कडेल, अलि अलि लजाउँदै

उत्कृष्ट तीज गीत गायिका : रोशनी रसाईली,  गर्छु माया गर्छु

सर्वोत्कृष्ट तीज मौलिक गीत : सुनिता दुलाल, स्वामीको प्यारी

उत्कृष्ट तीज मौलिक गीत गायिका : कल्पना काफ्ले, कम्मरै ढलमल

उत्कृष्ट तीज गीत कम्पनी : शिवदर्शन फिल्मस् , गायत्री थापा

युगल तीज गीत गायन : सोमा खत्री, सोभा क्षत्री

जुरी अवार्ड : आमाको वेदना, शुशील ज्ञावाली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell