PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

शतप्रतिशत अकुपेन्सीसहित हल संचालन गर्न नदिएसम्म नयाँ फिल्म प्रदर्शन नहुने



पहिलोपोस्ट

शतप्रतिशत अकुपेन्सीसहित हल संचालन गर्न नदिएसम्म नयाँ फिल्म प्रदर्शन नहुने

काठमाडौं : गत बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले उपत्यकामा फिल्म हल संचालन गर्न अनुमति दिने निर्णय गर्‍यो। प्रशासनले स्वास्थ्य मापदण्ड पालना गराउँदै ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न अनुमति दिएको थियो। तर,  नेपाल चलचित्र संघले भने अहिलेकै अवस्थामा हलहरुमा फिल्म प्रदर्शन नहुने जनाएको छ।

सोमवार बसेको संघको बैठकले प्रशासनको निर्णय अव्यवहारिक भएको पुर्णरुपमा हल नखोलेसम्म फिल्म रिलिज नगर्ने निर्णय गरेको हो। संघले देशैभर शतप्रतिशत अकुपेन्सी सहित हल नखुलेसम्म नयाँ फिल्म प्रदर्शनमा नल्याउने निर्णय गरेको हो।

काठमाडौंमा मात्र हल खोलेर कुनै पनि निर्माताले फिल्म नदिने र तत्कालै हल नखुल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताए।

'बजार खुलिसक्यो। अझ भिडले बजारमा खुट्टा टेक्ने ठाउँ छैन। त्यसैगरि लामो दुरीका बस र एयरलाइन्सहरु शत प्रतिशत अकुपेन्सीमा देशैभर संचालन गर्न दिने तर हललाई मात्रै किन ५० प्रतिशत अकुपेन्सीमा खुलाउने त? निर्णय अस्वभाविक छ। त्यसैले नेपालभरिको हल पूर्ण अकुपेन्सीमा नखुएसम्म हामी हल खोल्न सक्दैनौँ' उनले भने।

प्रशासनले सिनेमा हल खोल्न अनुमति दिएपनि नयाँ फिल्म नहुँदा हल संचालन गर्न नसकिएको हल व्यवस्थापकहरुले बताउँदै आएका छन्।

संघले देशभर हल संचालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell