PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नेपाल भर्सेस पीएनजी : डेब्यु खेलमा विक्रम सोबले लिए दुई विकेट



पहिलोपोस्ट

नेपाल भर्सेस पीएनजी : डेब्यु खेलमा विक्रम सोबले लिए दुई विकेट
Photo : Andrew Leonard / Facebook

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमनबिचको त्रिदेशीय सिरिजको तयारीका क्रममा ओमन पुगेको नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)को सामना गरिरहेको छ। दुई खेलको एक दिवसीय सिरिज अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा पपुवा न्यूगिनीले नेपाललाई १३५ रनको चुनौती दिएको छ।

टस हारेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ३३ ओभरमै सीमित गरेको हो।

एक दिवसीय खेलमा डेब्यु गरेका विक्रम सोबले पहिलो खेलको पहिलो बलमा नै विकेट लिए।  सोमपाल कामीपछि दोस्रो ओभरमा बलिङ गरेका सोबले पहिलो बलमा नै पीएनजीका ओपनर खेलाडी टोनी उराको विकेट लिएका हुन्। यस्तै, उनले चौथो ओभरमा ए भालाको समेत विकेट लिएका थिए।

आक्रामक बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट, कुशल मल्लले २ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell