काठमाडौं: पपुवा न्युगिनी र नेपालबीच जारी एकदिवसीय सिरिज अन्तर्गत आज जारी खेलमा पपुवा न्युगिनीले नेपाललाई १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमनको मस्कट स्थित अलअमेरात स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले ३३ औं ओभरको अन्त्यमा सबै विकेट गुमाउँदै १ सय ३४ रन बनाएको हो।
फितलो सुरुवात गरेको न्युगिनीका लागि लेगम सिएकाले सर्वाधिक ३० रन बनाउँदा चार्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३५ रन दिएर ४ विकेट लिएका हुन्। त्यस्तै किफायती देखिएका कुशल मल्ल र विक्रम सोबले समान २/२ विकेट लिए। त्यस्तै सोमपाल कामीले १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।
नेपालको तर्फबाट आज तीन खेलाडीले ओडीआई डेब्यु गरेका छन्। जसमा कुशल भुर्तेल, विक्रम सोब र आशिफ शेख रहेकाछन्।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, शरद भेषवाकर, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, पवन सर्राफ, विक्रम सोब, सन्दीप लामिछाने
पीएनजी टिम
असद भाला (कप्तान), चार्ल्स अमिनी, टोनी उरा, लेगा सिआका, सेसे बउ, किप्लिन डोरिगा, गौडी टोका, छाड सोपेर, जासोन किला, डामिएन रभु, नोसैना पोकना
