PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भोट माग्न भरतमणि पौडेल पुगे ताप्लेजुङ



पहिलोपोस्ट

भोट माग्न भरतमणि पौडेल पुगे ताप्लेजुङ
Photo : Hemraj Niraula

काठमाडौं : 'कमेडी च्यापियन सिजन ' प्रतिस्पर्धी भरतमणी पौडेल भोट माग्न ताप्लेजुङ पुगेका छन्। गृह जिल्ला पुगेका पौडेललाई ताप्लेजुङका स्थानीयले नौमती बाजा, च्याब्रुङ नाचसहित भव्य स्वागत गरेका छन्।

ताप्लेजुङ पुगेर उनले प्रतियोगितामा जिताउन आफूलाई भोट गर्न आह्वान गरेका छन्। स्थानीय युवाहरुले बाइक र्‍याली निकाल्दै उनको लागि भोटको अपिल समेत गरेका छन्।

भरतमणिका साथै भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगका छन्। असोज २ गते हुने फिनालेमा विजेता घोषित गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell