PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

पोखरामा पनि माधव नेपालविरुद्ध ओलीका आक्रामक अभिव्यक्ति



रिना थापा

पोखरामा पनि माधव नेपालविरुद्ध ओलीका आक्रामक अभिव्यक्ति

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई 'प्युसो' भएको टिप्पणी गरेका छन्। मंगलवार पोखरामा आयोजित बृहत कार्यकर्ता भेला सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'कांग्रेसले हामीसँग लड्ने आँट गरेको छैन। माधव नेपाल त प्युसो हुन् । उम्रन पाएको छैन एमालेसँग मुकाबला गर्ने सपना देख्छन्,' ओलीले भने।

साथै उनले बेसरम व्यक्तिको नेतृत्वमा एमाले फुटाउने अभियान चलेको आरोप लगाए। 

'अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अभियान चलेको छ। नेकपा एमाले खत्तम पार्ने । मन्त्रीको पद बेच्न आइरहेका थिए,' ओलीले भने, 'ए,...बाबा खान जन्मेका हौ खाउ न। नेकपा एमाले खान मात्रै होइन देश बनाउन जन्मेका हो।'

उनले नेपाललाई एमाले लखेट्न लागेको आरोप समेत लगाए। माधव नेपाल बिग्रेको मात्र नभइ पतन भएको ओलीको भनाइ थियो। उनले नेपाललाई पार्टीभित्र कुपुत्रको संज्ञा दिए।  'कुपुत्र जन्मे कुलै समाप्त हुन्छ बल्लबल्ल कुल जोगाएँ,' उनले भने।

विरोधीलाई  हँसाउने बाटो पार्टीभित्रबाटै सुरु भएको उनले बताए । 

`एकीकरण गर्न खोजेको थिएँ। गुटबन्दी गरेर प्रतिक्रियावादीको पाउमा लगेर देश चढाउन खोजियो। ठूलाठूला नेता जाउ, जता जाउ, जाउ कता जाउ भएको,' उनले भने । 

पार्टीभित्रको पद लोलुप प्रवृत्तिले देश ध्वस्त पार्न खोजेको उनको भनाइ थियो। 

'कोही भाइ भतिजा कोही छोरी ज्वाईं भाइ भतिजाको पछि कुद्‍ने। पार्टीभित्र विभिन्न पदलोलुप प्रवृत्ति हावी। समृद्ध नेपाल सुखी नेपाली भन्ने सुन्न नसक्ने। कान टकटकाउने,' उनले भने । ओलीले नाकाबन्दीको विरुद्ध विश्वले देख्ने गरि एमाले नेतृत्वको सरकार डटेर लडेको दावी गरे।

ओलीले पछिल्ला सबैजसो सभाहरुमा माधवकुमार नेपालमाथि आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। त्यो क्रम पोखरामा पनि जारी रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell