PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

देशभर ५० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा, आज थपिए १६७७ जना संक्रमित



पहिलोपोस्ट

देशभर ५० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा, आज थपिए १६७७ जना संक्रमित

काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५० लाखभन्दा बढीले कोभिड १९ विरुद्ध खोपको पूर्ण मात्रा लगाएका छन्। हालसम्म ५० लाख १२ हजार ८२१ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्। पछिल्लो २४ घण्टामा भने ८० हजार ४०० जनाले खोप लगाएका छन्। हालसम्म देशभर ५६ लाख ३ हजार ७५७ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७७ जना कोभिड १९ संक्रमित थपिएका छन्। १५ हजार ३४ जनाको परीक्षण गर्दा १ हजार ४२३ जनामा पीसीआर परीक्षणका क्रममा र २५४ जनामा एन्टीजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।

यस्तै, २ हजार ७२ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ३०३ पुगेको छ।

संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण १० हजार ८७९ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell