PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

रंगकर्मी दाहाल चार दिनदेखि दमकबाट बेपत्ता, खोजी गर्दै प्रहरी



पहिलोपोस्ट

रंगकर्मी दाहाल चार दिनदेखि दमकबाट बेपत्ता, खोजी गर्दै प्रहरी

काठमाडौंः झापाका रंगकर्मी २७ वर्षीय प्रकाश दाहाल चार दिनदेखि बेपत्ता भएका छन्।

झापाको हाल्दिबारी १ गोल्धापमा घर भएका दाहाल दमकबाट बेपत्ता भएका हुन्। थ्रेटरमा काम गर्दै आएका दाहाललाई नदेखेपछि परिवारलाई सम्पर्क गरेका थिए। परिवारले पनि आफन्त तथा साथीभाइसँग बुझ्दा नभेटिएपछि प्रहरीमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय दमले रंगकर्मी दाहालको खोजी गरिरहेको छ।

'हामी कहाँ हराएको भनेर परिवारले उजुरी दिनु भएको छ। उहाँका आफन्त साथीभाइ अन्यसँग सोधपुछ देखि खोजी भइरहेको छ,' इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने।

दाहालले बोक्दै आएको मोबाइल भने छोडेर गएका छन्। मोबाइल बोकेको नहुँदा मोबाइलबाट ट्रायक गरेर खोजी गर्ने प्रहरीको बाटो बन्द भएको छ। त्यस्तै मङ्गलवार इनरुवातिर खालि खुट्टा हिँड्दै गरेको भन्ने सूचना आएकाले प्रहरीले इनरुवा क्षेत्रमा पनि प्रहरीलाई एक्टिभ गराएको थियो।

'कसैले खाली खुट्टा इनरुवा क्षेत्रमा हिँडिरहेको भन्ने सुन्निएको थियो। त्यसपछि हामीले त्यहाँको प्रहरीलाई समेत खबर गरेका थियौँ। तर फेला पर्नुभएन,' डिएसपी कार्कीले भने।

उनले नेपाली चलचित्र पशुपतिप्रसादमा समेत काम गरिसकेका छन्। उनी दमकमा बस्दै आएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell