PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग पाकिस्तानी विदेशमन्त्रीले छलफल गर्दै



पहिलोपोस्ट

अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग पाकिस्तानी विदेशमन्त्रीले छलफल गर्दै
पाकिस्तानको विदेश मन्त्रालय। फाइल फोटो: AFP

काठमाडौं : पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीहरुसँग भर्चुअल मिटिङको आयोजना गरेको छ। 

तालिवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको भोलिपल्ट नै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग छलफल गर्न लागेका हुन्। 

बैठकमा अफगानिस्तानको पछिल्लो अवस्था र साझा चुनौतीको विषयमा छलफल हुने त्यहाँको विदेश कार्यालयको वक्तव्यमा उल्लेख रहेको डन न्युजले जनाएको छ। 

'यसले अफगानिस्तानका छिमेकी देशहरुलाई एक भएर शान्ति तथा स्थायी अफगानिस्तानको साझ उद्देश्यका लागि काम गर्न सहयोग गर्नेछ,' वक्तव्यमा भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell