PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतमा थप ३७ हजारमा देखियो संक्रमण, सक्रिय संक्रमितको संख्या ४ लाख भन्दा कम



पहिलोपोस्ट

भारतमा थप ३७ हजारमा देखियो संक्रमण, सक्रिय संक्रमितको संख्या ४ लाख भन्दा कम
Photo : financialexpress/india

भारतमा थप ३७ हजार ८७५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यी मध्ये २५ हजार ७७२ जना केरलामा पहिचान भएका हुन्।  

यस्तै, ३९ हजार ११४ जना संक्रमण मुक्त हुँदै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९१ हजार २५६ पुगेको छ। पछिल्लो समय समय भारतमा संक्रमण दर बढ्दा सक्रिय संक्रमितको संख्या फेरि चार लाख नाघेको थियो। आज भने सक्रिय संक्रमितको संख्या ४ लाखभन्दा घटेको हो।

संक्रमणका कारण भारतभर थप ३६९ जनाको मृत्यु भएको छ। केरलामा मात्रै १८९ जनाको मृत्यु भएको हो। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ लाख ४१ हजार ४११ जनाको मृत्यु भइसकेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ लाख ४७ हजार ६२५ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। भारतमा ७० करोड ७५ लाख ४३ हजार १८ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell