PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

अल्पमतमा परेको सरकार विस्तार गर्दै मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?



निशा गुरुङ

अल्पमतमा परेको सरकार विस्तार गर्दै मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्। मुख्यमन्त्री शाक्यले मन्त्री र राज्यमन्त्री गरी १० जनालाई नियुक्त गर्ने तयारी गरेकी हुन्।

आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए।

आज नियुक्त हुन लागेका मन्त्री र राज्यमन्त्रीहरु चितवनका विजय सुवेदी, काठमाण्डौंका अजयक्रान्ती शाक्य, मकवानपुरकी जुनेली माया श्रेष्ठ , दोलखाकी रचना खड्का, काभ्रेका चन्द्र लामा, सिन्धुलीका प्रदिव कटुवाल, नुवाकोटका बद्री मैनाली, ललितपुरका जीवन खड्का, रामेछापका शान्ति प्रसाद पौडेल र भक्तपुरकी सरस्वती वाटी रहेको सचेतक निरौलाले जानकारी दिए।

भदौ २ मा बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अहिले अल्पमतमा परिसकेको छ। एमाले फुटाएर नेकपा समाजवादी पार्टी गठन भएसँगै उनको सरकार अल्मपतमा परेको हो। वाग्मतीका ५६ एमाले सांसदमध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएका छन्। अबको एक महिनाभित्रै प्रदेशसभाबाट शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ।

यसबिच शाक्यले मन्त्रिपरिषद विस्तार गरेका हुन्। पहिला माधवकुमार नेपाल समूहमै रहेका तर पछि पार्टी विभाजनमा साथ नदिएर एमालेमै बसेकाहरु मध्ये रचना खड्का, विजय सुवेदी, प्रदिप कटुवाल समेत मन्त्री बन्ने भएका छन्। शाक्य पनि पहिल माधव समूहमा थिइन्। तर, आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले एमालेकै साथ दिएकी हुन्। 

यसअघि शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। तर, मन्त्री बनाइएका कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादी रोज्दै मन्त्री पदबाट राजीनामा दिएसँगै शाक्य सरकार दुई सदस्यीयमा सीमित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell