PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एमालेजस्तो माओवादी बनाउनुभन्दा विघटन गर्नु ठिक, गठबन्धन तोड्न षड्यन्त्र भइरहेको छ : प्रचण्ड



पहिलोपोस्ट

एमालेजस्तो माओवादी बनाउनुभन्दा विघटन गर्नु ठिक, गठबन्धन तोड्न षड्यन्त्र भइरहेको छ : प्रचण्ड
फोटो : सीएम प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई फुटाउन षड्यन्त्र भइरहेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले र भीमसेन पोखरेलको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई देखाएर गठबन्धन तोड्न षड्यन्त्र भएको बताए। यथास्थितिमा एमसीसी पारित हुन नसक्ने प्रचण्डको भनाई थियो।

उनले नेकपा एमालेले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर पदका लागि मात्र राजनीति गरेको आरोप लगाए। उनले एमाले जस्तो माओवादी बनाउनु भन्दा विघटन गर्नु ठिक हुने तर्क गरे। भने, 'क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ।'

प्रचण्डले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताए।

'भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएका हौं र हामी अझ त्यसलाई सुदृढ, विकसित र परिमार्जित गरेर जान चाहन्छौं,' प्रचण्डले भने।

माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाइछाड्ने सङ्कल्पका साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरुमा जुटेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell