काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका माथि प्रश्न उठाने भएको छ।
नेकपा एमालेको संसदीय दलको बुधवार संघीय संसद भवनमा बसेको बैठकले सापकोटको विरोध गर्ने निष्कर्ष निकालेको हो। एमालेका सांसद विशाल भट्टराईले सभामुखले नेकपा माओवादीको कार्यकर्तको जस्तो भूमिका खेलेकाले एमालेले विरोध गर्ने बताए।
सरकारले आजको संसद बैठकमा पेश गर्न लागेको राजनीतिक दल सम्बन्धि अध्यादेशबारे पनि एमालेले अवरोध गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले सरकारका तर्फबाट राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा पेश गर्ने कार्यसूची छ। उक्त अध्यादेशलाई संसदमा पेश हुन नदिने एमालेको रणनीति छ।
यस्तै, एमालेले प्रतितिनिधिसभाको बैठकमा मिलेनियम च्लालेन्ज कर्पोरेशन (एमसीसी)को पनि विरोध गर्ने भएको छ। एमालेको संसदीय दलको बैठकले एमसीसी राष्ट्र हित विपरीत रहेको निष्कर्ष निकालेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तामा रहेका बेलामा एमसीसी तत्काल पास गर्नुपर्ने धारण सार्वजनिक गरेका थिए। सरकारबाट बाहिरिए लगतै उनको धारण बदलिएको हो।
एमालेले दार्चुलामा तुइन चुँडियर बेपत्ता भएका जयसिंह धामीको विषयलाई पनि संसदमा उठाउने भएको छ। संसदीय दलको बैठकले तुइन घटनाप्रति सरकार गम्भीर नरहेको निष्कर्ष निकाल्दै सरकार भारत सामु 'लम्पसार भएको' बताएको छ।
'जयसिङ धामीको घटनामा सरकारी ब्यवहार भारतीय सामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मुकदर्शक बस्न अवस्य सक्दैन । आजको बैठकको निष्कर्ष यही हो,' भट्टराईले भने।
