PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

मैले यति भने पुग्छ, 'गैर सांसद' उपस्थित भए संसद चल्दैन : ओली



पहिलोपोस्ट

मैले यति भने पुग्छ, 'गैर सांसद' उपस्थित भए संसद चल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालसहित १४ जना गैर सांसद भएको जिकिर गरेका छन्।

एमालेको संसदीय दलको बैठकलाई संघीय संसद भवनमा सम्बोधन गर्दै उनले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गरे। एमालेले १४ जना सांसदलाई कारवाही गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटालाई सुचना प्रकाशनका लागि एमालेले पत्र लेखेको भए पनि सभामुखले अस्वीकार गरेका थिए।

ओलीले नेपाल सहित १४ जना सांसद बुधवारको बैठकमा उपस्थित भए बैठक चल्नै नसक्ने बताए।

'कि त भन्नुपर्‍यो हामीलाई पनि पूर्व सांसदहरु लिएर आउन पाउने भनेर। होइन भने संसद चल्न सक्दैन,' ओलीले भने। उनले नेकपा एमालेले जस्तो सुकै चुनौतीको पनि सामना गर्न सक्ने बताए। संसद बैठकका लागि सभामुखले सहजिकरण गर्ने काम नगरेको ओलीको भनाई थियो।

'नेकपा एमाले चुनौती सामना गर्ने पार्टी हो। मैले यति भने पुग्छ। कुनै प्रस्ताव नै छैन बैठकका लागि,' ओलीले भने। ओलीले नेकपा एमालेले राजनीतिक दल सम्बन्धिको अध्यादेशबारे विरोध गर्ने बताए। एमालेको संसदीय दलको बैठकले एमसीसी राष्ट्र हितमा नभएको, सभामुखले माओवादी कार्यकर्ताको भूमिका खेलेको निष्कर्ष निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell