काठमाडौं : बुधवारको प्रतिनिधिसभाको बैठकमा पार्टीको रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको सचिवालयले जनाएको छ।
नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गर्ने निष्कर्ष निकाले लगत्तै माओवादी केन्द्रको बैठक सुरु भएको हो। सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग हाल ४९ जना सांसद रहेका छन् भने संसदमा तेस्रो ठूलो दल हो।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा संसदमा रहेका दलहरु बिच रस्सकस्सी भइरहेका बेला माओवादीले भने यथास्थितिमा एमसीसी पारित नहुने बताएको छ। नेपाली कांग्रेसले एमसीसी संसदमा अघि बढाउने तयारी गरेको भए पनि सत्ता गठबन्धनका नेताहरु बिच सहमति भएको छैन। नेकपा एमालेले पनि एमसीसीको विरोध गर्ने जनाएको छ।
