PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सहमति गरेरे संसदमा अघि बढ्ने सत्ता गठबन्धनको निर्णय



पहिलोपोस्ट

सहमति गरेरे संसदमा अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभाको बैठकमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ।

गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सम्मिलित सिंहदरबारमा बसेको बैठकले सहमतिका साथ अगाडि बढने निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

'प्रक्रियामा सहमतिमा जाउँ भनेर सबैसँग आग्रह गरेर सदन सञ्चालनका लागि भूमिका खेलौं भनेर प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,' उनले भने।

सत्ता गठबन्धनमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे एक धारणा भइनसकेको अवस्थामा सहमतिका साथ अघि बढ्ने निर्णय भएको हो। यो निर्णय त्यतिखेर भएको हो जतिखेर एमालेले प्रतिनिधिसभाको बुधवारको बैठकलाई चल्न नदिने रणनीति बनाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर आक्रोशित बनेको एमालेले नेकपा (एकीकृत समाजवादी)का सांसदरु संसद बैठकमा उपस्थित भए बैठक चल्न नसक्ने निर्णय गरेको थियो। एमालेको संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने रणनीति तय गरेको हो।

आफूले कारवाही गरेका १४ सांसद पनि प्रतिनिधि सभामा भाग लिन लागेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका हुन्। नेकपा एमालेललाई परित्याग गरेर नेकपा (एस)मा लागेपछि एमालेले कारवाहीको जानकारी संसदलाई गराएको थियो। सभामुख सापकोटाले सूचना नटासेको भन्दै एमालेले सदन नचल्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell