काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठक अवरुद्ध गरेको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारवाही गरेका सांदहरुलाई कारवाही गरेको विषयमा सभामुख अग्नि सापकोटाले सुचना जारी नगरेको भन्दै बैठक अवरोध गरेको हो।
नेकपा एमालेका सांसद विशाल भट्टराईले नेकपा सभामुखले मर्यादा नाघेको आरोप लगाउँदै भने,'नेकपा एमाले अन्य धर्तिबाट आएको पार्टी त होइन होला। हामीले भेटेर भनेका छौ। १३ दिनपछि केही नपर्ने भनेर भन्नुभएको छ। नेकपा एमालेले कारवाही गरेका हकमा उनीहरुलाई बचाउन र दल विभाजन गर्न किन मतियार बन्नुभयो?'
उनले निर्वाचन आयोगमा एमालेका सांसदलाई गरेको कारवाहिको पत्र बुझाएकोमा उनीहरुको पनि नेकपा एकीकृतमा समजवादीमा सनाखत गरिएको भन्दै आपत्ति जनाए। उनले उक्त विषय अदालतमा पनि पुगेको भए पनि संसदमा जवाफ खोजेको बताए। भट्टराईले एमाले चुप लागेर नबस्ने भन्दै संसद चल्न नदिने बताए।
सभामुख सापकोटाले भने कानुनी प्रावधान अनुसार नै निर्णय गरेको जवाफ दिएका छन्। उनले हाल यो विषय अदालतमा विचारधिन रहेको भन्दै सदनमा बहस हुन नसक्ने रुलिङ गरे। सभामुखको उत्तरसँगै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका छन्।
बैठकमा नाराबाजी भएसँगै सभामुख सापकोटाले १५ मिनेटलाई बैठक स्थगित गरेका छन्।