PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

दोस्रो बैठकमा नम्र बने सभामुख : आफूले सबै कानुन बमोजिम गरेको दिए जवाफ



पहिलोपोस्ट

दोस्रो बैठकमा नम्र बने सभामुख : आफूले सबै कानुन बमोजिम गरेको दिए जवाफ

काठमाडौं : नेकपा एमाले फुटाउन सभामुख अग्नि सापकोटा मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। एमाले सांसदको अवरोधबिच सभामुखले दुईपटक बैठक स्थगित गरेका छन्।

पहिलो बैठक अवरुद्ध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेका थिए। नाराबाजीबिच सभामुखले एमालेको माग संसदमा दर्ज भइरहेको भन्दै बैठक संचालन गर्न दिन आग्रह गरेका थिए।

पहिलो बैठकमा जंगिएका सभामुख दोस्रो बैठकमा नम्र रुपमा प्रस्तुत भएका थिए। उनले पटकपटक एमाले सांसदलाई बैठक संचालन गर्न माग अनुरोध गरेका थिए।

'मैले संविधान नियम कानुन बर्खिलाप केही गरेको छैन। कानुन बमोजिम गरेको हो। तपाईंहरुका माग ध्यानाकर्षण भयो। सदन संचालन गर्न सहयोग गर्नुहोला' सभामुखले भने।

यद्यपि, एमालेले बैठक अवरुद्ध गरिरहेपछि सभामुखले फेरि १५ मिनेटका लागि भन्दै संसद बैठक स्थगित गरेका छन्।

एमालेले माधव नेपाल सहित १४ जना सांसदलाई निष्काशन गर्न आफूले दिएको पत्र सभामुखले अघि नबढाएर एमाले फुटाउन मतियार बनेको आरोप लगाउँदै बैठकमा नाराबाजी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell