PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

बराबरीमा रोकियो इङ्ग्ल्याण्ड, जर्मनीको सहज जित



पहिलोपोस्ट

बराबरीमा रोकियो इङ्ग्ल्याण्ड, जर्मनीको सहज जित
Getty Images

विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति समन्न खेलमा इङ्ग्ल्याण्ड र पोल्याण्ड बराबरीमा रोकिएका छन्। विश्वकप क्लालिफायर्सको युरोप छनोट अन्तर्गत गएराति सम्पन्न समूह आई को खेलमा इङ्ग्ल्याण्डर र पोल्याण्ड बराबरीमा रोकिएका हुन्।

पोल्याण्डको वार्सा स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा इङ्ग्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए। उता घरेलु टोली पोल्याण्ड खेलको अन्तिम समयमा खेलमा फर्कन सफल भयो। रोबर्ट लेवान्डोस्कीको पासमा डामियन स्जिमान्स्कीको खेलको इन्ज्युरी समयमा गोल फर्काएपछि खेल १-१ को बराबरीमा रोकिएको हो। समूह आईमा इङ्गल्याण्ड १६ अंक जोडेर शीर्षस्थानमा छ भने पोल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा छ। दोस्रो स्थानमा १२ अंक जोडेको अल्बानिया छ।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा जर्मनीले आइसल्याण्डमाथि सहज जित निकाल्यो। समूह जे अन्तर्गत आइसल्याण्डमा सम्पन्न खेलमा जर्मनी घरेलु टोलीमाथि ४-० को फराकिलो जित निकालेको हो।

खेलको चौथो मिनेटमै सर्ज गनब्रीको गोलमा अग्रता बनाएको जर्मनीका लागि २४ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल फर्काउँदा पहिलो हाफमा जर्मनी दुई गोलले अघि रह्यो। दोस्रो हाफमा पनि जर्मनीले फेरि दुई गोल थपे। खेलको ५६ औं मिनेटमा लेरोए साने र ८८ औं मिनेटमा टिमो वेर्नरले गोल गरेका थिए।

जितसँगै ६ खेलबाट १५ अंक जोडेको जर्मनी समूह जे को शीर्षस्थानमा छ भने ४ अंक जोडेको आइसल्याण्ड पाँचौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell