PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै
फाइल फोटो

काठमाडौं: एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे खेल सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसाण एक्सन स्पोर्टर्सले गर्नेछ।

नेपाल र बंगलादेशबिचको दोस्रो खेल भदौ २७ गते हुनेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो।

दुबै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश समूह जी मा रहेको छ। बंगलादेश रहेको समूहमा जोर्डन र इरान रहेका छन्।

नेपाल र बंगलादेशबिचको खेलका लागि २०० र ५०० टिकट शुल्क निर्धारण गरिएको छ।

नेपाली टिम

अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, श्रृजना सिंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell