PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमसीसी उपाध्यक्षको टोली काठमाडौं उत्रँदा विमानस्थलबाहिर 'नो एमसीसी' भन्दै प्रदर्शन, होटलसम्मै कडा सुरक्षा

एमसीसी उपाध्यक्षको टोली काठमाडौं उत्रँदा विमानस्थलबाहिर 'नो एमसीसी' भन्दै प्रदर्शन, होटलसम्मै कडा सुरक्षा

प्रवीण रानाभाट/पहिलोपोस्ट


अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फतिमा सुमर काठमाडौं आइपुगेकी छिन्। सुमारसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं ओर्लिएका छन्। कतार हुँदै कतार एअरवेजमार्फत ९:२५ बजे सुमर नेतृत्वको एमसीसी टोली चार दिने नेपाल भ्रमणका लागि आइपुगेका हुन्।

उनको टोली काठमाडौं उत्रँदा एमसीसी परियोजनाको विरोधमा विमानस्थल बाहिर प्रदर्शन भयो। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमासमेत लिएका थिए।  विमानस्थलमा भने कडा सुरक्षा व्यवस्था गरिएको थियो। सुमर नेतृत्वको टोली होटल मेरियटमा आइपुगेका छन्। उनीहरुलाई विमानस्थलदेखि होटलसम्मै कडा सुरक्षा प्रबन्ध गरिएको थियो।

एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने सरकारलाई दबाव परेको बेला सुमरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सुमरले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, जलस्रोत मन्त्री पम्फा भुसालसँग भेट गर्ने कार्यक्रम तय भएको बताइएको छ।

एमसीसी परियोजनाको चौतर्फी विरोध भएपछि सरकारले यसबारे विभिन्न विषयमा प्रस्ट पार्ट अमेरिकालाई पत्र लेखेको थियो। उक्त पत्रको जवाफ अमेरिकाले बुधवार पठाइसकेको छ। अमेरिकाले उक्त सहयोग सम्झौतामा सैन्य उपस्थिति नहुने स्पष्ट पारेको छ।

गत भदौ १८ गते अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको बारेमा सवाल गर्दै पत्र पठाएका थिए। बुधवार जवाफ कम्प्याक्ट सञ्चालन विभागकी उपाध्यक्ष सुमारले दिएकी हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell