PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतमा ४३ हजार कोरोना संक्रमित थपिए



पहिलोपोस्ट

भारतमा ४३ हजार कोरोना संक्रमित थपिए
Photo : Financial Express

भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४० हजार ५६७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९३ हजार ६१४ पुगेको छ।

संक्रमणका कारण थप ३३८ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ४ लाख ४१ हजार ७४९ जन संक्रमितको मृत्यु भइसकेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ८६ लाख ५१ हार ७०१ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। भारतमा ७१ करोड ६५ लाख ९५ हजार ४२८ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell