PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अन्तरिम सरकारमा महिलालाई सहभागी नगराइएको भन्दै तालिवानविरुद्ध प्रदर्शन



पहिलोपोस्ट

अन्तरिम सरकारमा महिलालाई सहभागी नगराइएको भन्दै तालिवानविरुद्ध प्रदर्शन
Photo : EPA

अफगानिस्तानमा अन्तरिम सरकार गठनको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन्। काबुल र उत्तर पूर्वी प्रान्तमामा महिलाहरुले विरोध प्रदर्शन गरेका हुन्।

तालिवानले महिलासहितको सरकार बनाउने भनेकोमा अन्तिरिम सरकारमा महिला प्रतिनिधित्व नभएको भन्दै उनीहरुले विरोध जनाएका हुन्। विरोध प्रदर्शनका क्रममा महिला र तालिवानी लडाकुबिच झडप भएको बताइएको छ।

अन्तरिम सरकार गठनसँगै अफगानिस्तानको आन्तरिक मन्त्रालयले कुनै पनि प्रदर्शनमा रोक लगाएको थियो। लडाकुहरुले प्रदर्शन गर्न अनुमति चाहिने भन्दै विरोध प्रदर्शनमा उत्रेका महिलाहरुलाई फर्कन निर्देशन दिइएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

अफगानी महिलाहरुले हप्तौंदेखि सरकारमा सहभागिताको माग गर्दै प्रदर्शन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell