PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

प्रचण्ड, नेपाल र यादवबिच सरकार विस्तारबारे छलफल



पहिलोपोस्ट

प्रचण्ड, नेपाल र यादवबिच सरकार विस्तारबारे छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टि (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ।

हात्तीवनमा भएको भेटमा सरकार विस्तरबारे तीन नेताबिच छलफल भएको हो। सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। भदौ २३ गतेपछि सरकार विस्तार हुने भनिएपनि मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तार हुन नसिकेको हो।

माधव नेपाल र उपेन्द्र यादवबिच मन्त्रालयको भागबण्डाबिच विवाद मिलाउन प्रचण्डले आजको बैठकमा मध्यस्थता गरेको स्रोतले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell