PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

कुस्तीका राष्ट्रिय खेलाडी सुतिरहेको अवस्थमा मृत्यु



रासस

कुस्तीका राष्ट्रिय खेलाडी सुतिरहेको अवस्थमा मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधवार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो।

'बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पुर्‍याएँ,' मृतकका बुवा खड्क भट्टले भने, 'केही पनि भएको थिएन, अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो।' बुधवार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए। 'आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधवार मात्रै भेटेर फर्किएको थियो,' प्रशिक्षक चन्दले भने, 'खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell