PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नर्थ मेसेडोनियाको एक कोभिड अस्पतालमा आगलागी, १४ जनाको मृत्यु



पहिलोपोस्ट

नर्थ मेसेडोनियाको एक कोभिड अस्पतालमा आगलागी, १४ जनाको मृत्यु
Photo : EPA

नर्थ मेसेडोनियामा एक कोभिड १९ अस्पतालम आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।

तेभोतो शहरमा रहेको उक्त अस्पतालमा लागेको आगो एक घण्टाभित्रै नियन्त्रणमा लिइएको थियो। अधिकारीहरुले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताएका छन्। अक्जसिजन सिलिन्डरहरु पड्किएपछि आगो झनै तिब्र गतिमा फैलिएको अनुमा गरिएको छ।

स्वास्थ्य मन्त्री भेन्को फिलिसेले अस्पतालमा रहेका अन्य बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गरिसकेको बताएका छन्। आगलागी हुनुलाई दु:खद् घटना भन्दै उनले चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell