PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

सरकार बिस्तार र एमसीसीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा



पहिलोपोस्ट

सरकार बिस्तार र एमसीसीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।

देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतको बैठक बालुवाटारमा सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

बालुवाटारको बैठक अघि देउवा बाहेक गठबन्धनमा सामेल नेताहरुले हात्तीवनमा पनि छलफल गरेका थिए।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मन्त्रिपरिषद बिस्तार लगायतमा विषयमा खटपट भइरहेका बेला गठबन्धनका नेताहरुले संवादलाई तीब्रता दिएका छन्। गठबन्धन भित्रै एमसीसीका बारेमा बेग्लाबेग्लै धारणा सार्वजनिक भइरहेको छ।

नेपाली कांग्रेसले एमसीसीलाई अगाडि बढाउने अडान राखिरहेका बेला प्रचण्ड लगयताका नेताहरुले त्यसको विपक्षमा अडान लिएका छन्। यस्तै, भदौ २२ गतेपछि सरकार बिस्तार हुने बताइएकोमा ढिलाइ भएपछि पनि गठबन्धनका नेताहरु बिच खटपट भएको हो। बुधवार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको बताएका थिए।

एमसीसीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको धारणा के हो भन्दै सार्वजनिक गर्न माग गरेका छन्। उनले सरकारले लिने अडानका आधारमा रणनीति तय गर्दैछन्। 

यता सरकार गठन भएको दुई महिनासम्म पनि बिस्तार हुन नसकेको विषयलाई लिएर आलोचना हुँदै आएको छ। माधवकुमार नेपाल तथा उपेन्द्र यादवले आफ्नो पार्टीबाट मन्त्रिका लागि सिफारिस नगर्दा शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ण रुपमा काम गर्न सकिरहेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell