PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

थप ९२ हजार बढीले लगाए खोप, आज १२७१ कोरोना संक्रमित पहिचान



पहिलोपोस्ट

थप ९२ हजार बढीले लगाए खोप, आज १२७१ कोरोना संक्रमित पहिचान

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २७१ कोरोना भाइरस संक्रमित थपिएका छन्। कूल ११ हजार ९४४ जनाको परीक्षण गर्दा १ हजार ५८ जनाको पीसीआर परीक्षणका क्रममा र २१३ जना एन्टीजेन परीक्षणको क्रममा रिपोर्ट कोभिड १९ पोजेटिभ आएको हो।

यस्तै, १ हजार ८४५ जना संक्रमण मुक्त भएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ६७८ पुगेको छ।

संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार ९०३ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ९२ हजार १६९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालसम्म ५१ लाख २ हजार २४४ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् भने ५७ लाख २९ हजार ७८९ जनाले खोपको पहिलो मात्रा लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell