PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुराम बस्नेतले सर्वोच्चबाट पनि पाए सफाइ 



पहिलोपोस्ट

सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुराम बस्नेतले सर्वोच्चबाट पनि पाए सफाइ 
फोटोः बस्नेतको फेसबुकबाट

काठमाडौँः सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुराम भनेर चिनिने कृष्ण बस्नेतलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। विशेष अदालत काठमाडौँको फैसला सदर गर्दै सर्वोच्चले पनि बस्नेतलाई मुद्दामा सफाइ दिएको हो। विशेष अदालतले प्राविधिक प्रश्नमा टेकेर शुद्धीकरणको मुद्दामा बस्नेतलाई सफाइ दिएको थियो। २५ चैत २०७४ मा बस्नेतले विशेषबाट सफाइ पाएका थिए। विशेषबाट सफाइ पाएको साढे तीन वर्षपछि सर्वोच्चबाट पनि उनले सफाइ पाएका हुन्। 

न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेलाई सफाइ दिएको हो। सर्वोच्चले फैसलाको पूर्णपाठ भने सार्वजनिक गरेको छैन। 

विशेष दालतबाट भने अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय न्यायाधीश रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको थियो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धोन विभागले २०७० जेठ ५ गते बस्नेतसहित गुन्डा नाइकेहरु गणेश लामा, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो। मनाङेले सफाइ पाइसकेका छन्। सरकारले सर्वोच्चमा पुनरावेदन गर्ने हदम्याद समेत गुमाउँदा मनाङेको हकमा विशेषकै फैसला अन्तिम भएको थियो। 

बस्नेतलाई विभागले ११ करोड ४१ लाख रुपैयाँ अवैध सम्पति रहेको दाबी गरेको थियो। 

पर्शुराम एमाले कार्यकर्ता हुन्। मुद्दा दायर हुँदा उनी एमाले मोरङको जिल्ला सदस्य अनि युवा संघ नेपालको केन्द्रीय सदस्यको हैसियतमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell