PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाल भर्सेस पपुवा न्युगिनी: पहिलो पटक डे नाइट एकदिवसीय खेल्दै नेपाल



पहिलोपोस्ट

नेपाल भर्सेस पपुवा न्युगिनी: पहिलो पटक डे नाइट एकदिवसीय खेल्दै नेपाल
फाइल फोटो : क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो।

आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक डे नाइट एकदिवसीय खेल्दैछ।

यसअघि नेपालले पहिलो ओडिआईमा पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो। उक्त खेलमा फितलो ब्याटिङ गरेको नेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले खस्किएको नेपालको ब्याटिङलाई उद्धार गरेका थिए। बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा डेब्यु खेलको पहिलो बलमै विकेट लिएका विक्रम सोब र किफायती बलिङ गरेका कुशल मल्लले समान २/२ विकेट लिएका थिए।

खेल आज सवा चार बजे ओमनस्थित अलमरेत स्टेडियममा सुरु हुनेछ।

विश्वकप लिग टू अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमन र अमेरिकासँग खेलेको थियो। जसमा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो भने ओमनसँग दुबै खेलमा पराजित भएको थियो।

नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको अमेरिकाले पनि पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको छ। त्यस्तै आयोजक ओमनले मुम्बइको टिमसँग सिरिज खेलेको थियो।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ४ खेल खेलेर ४ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

२१ वटा त्रिकोणात्मक सिरिज सम्पन्न भएपछि शीर्ष तीन टिमले आईसीसी पुरुष विश्वकप क्वालिफायर्समा स्थान बनाउने छन्। त्यस्तै पछाडिका चारवटा टिमले क्रिकेट विश्वकप क्वालिफायर प्लेअपमा स्थान बनाउने छन्।

नेपालको खेल कहिले?

नेपाल भर्सेस पपुवा न्युगिनी ( सेप्टेम्बर १०)

लिग २

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १३)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १४)

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १७)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १९)

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनास बोहोरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell