PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित



पहिलोपोस्ट

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
Photo: FIFA

विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ। एल मोनुमेन्टल स्टेडियममा सम्पन्न खेलमा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले बोलिभियामाथि ३-० को सहज जित निकाल्यो।

अर्जेन्टिनाको जित कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरे। खेलको १४ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका मेस्सीले दोस्रो हाफमा दुई गोल थपेका थिए। उनले खेलको ६४ औं मिनेट र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

त्यस्तै आजै सम्पन्न अन्य खेलहरुमा कोलम्बियाले चिलीमाथि ३-१ गोलअन्तरले जित निकाल्दा उरुग्वेले इक्वेडरमाथि १-० ले जित निकाल्यो। त्यस्तै पाराग्वेले भेनेजुएलामाथि २-१ गोलअन्तरको जित निकाल्यो।

जितसँगै १८ अंक जोडेको अर्जेन्टिन्टिना तालिकाको दोस्रो स्थानमा छ भने १५ अंक जोडेको उरुग्वे तेस्रो र समान १३/१३ अंक जोडेका इक्वेडर र कोलम्बिया चौथो र पाँचौँ स्थानमा छन्। शीर्षस्थानको ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell