PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

डिप्रेसनसँग जुध्न ‘हरेक बबाल कुरा’ को लिस्ट लिएर आउँदै कथाघेरा



लक्ष्मी बलायर

डिप्रेसनसँग जुध्न ‘हरेक बबाल कुरा’ को लिस्ट लिएर आउँदै कथाघेरा

७ वर्षीय छोरालाई थाहा हुन्न उसकी आमा डिप्रेसनमा छिन्, त्यसैले उनले आफूले आफूलाई नै हानी पुर्‍याउँदैछिन्। आमाले आफूलाई चोट दिइरहँदा छोरा जहिलै बुवा तर्फ हेर्छन् र सोध्न्छन् : आमा किन सधैँ यस्तो गर्नुहुन्छ?

बुवाले छोरालाई आमाको मानसिक अवस्था बारे बुझाउने प्रयास गर्छन्। भन्छन्, 'तिम्री आमाले बाँच्ने कुनै कारण देखेको छैन।' बुवाको जवाफ सुनेपछि बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराको लिस्ट तयार पार्न छोराले प्रयास थाल्छ।

संवाद करिब २७ वर्ष पुरानो। तर  छोरालाई आफ्नो बाल्यकालले अझै नोस्टालजिक बनाइरहेको छ। आमालाई खुशी बनाउन तयार पारेको लिस्ट तन्किँदै जान्छ। उमेर बढ्दैँ जाँदा आफ्नो जीवनप्रतिको दृष्टिकोण समेत बद्लिँदै जान्छ उनको। लिस्ट बनाउने बानीले उनको जीवनमा के असर गर्‍यो? पात्रले सो लिस्टसँग जोडिएका स्मृतिहरूको माध्यमबाट आफ्नो विगतका अनेकौँ अध्याधहरु सुनाउँदैछन् रंगमञ्जमा। नाटक ‘हरेक बबाल कुरा’ को माध्यमबाट।

‘हरेक बबाल कुरा’ एकल नाटक हो। अर्थात नाटकमा एकजना मात्रै पात्र छन्, सुदाम सिके।

रंगकर्मी एवम् कलाकार सिके तीन वर्षपछि मुख्य भूमिकामा देखिँदै छन् कौसी थिएटरको रंगमञ्जबाट। डंकन म्याकमिलन र जोनी डोनाहीको नाटक ‘एभरी ब्रिलियन्ट थिंग’लाई नेपाली भाषामा आंकाक्षा कार्की र क्षितिज पराजुलीले अनुवाद गरेका हुन्। भदौ २५ देखि असोज १ गतेसम्म कौसी थिएटरमा सो नाटकको नेपाली संस्करण 'हरेक बबाल कुरा' मञ्चन हुँदैछ। यस नाटकलाई आकांक्षाले नै निर्देशन गरेकी छिन्।

कोरोना महामारीबिच मानिसहरुको जीवनशैलीमा प्रभाव पारेको छ। यो नाटकले मानसिक स्वास्थ्य र डिप्रेशनसँग कसरी जुध्नेबारे जानकारी दिने भएकाले विशेष रहेको बताउँछिन् आकांक्षा।

रंगमञ्चमा बबाल कुराका लिस्टलाई अभिनय मार्फत उतार्दैछन् सुदाम सिके। रेड मनसुन, होस्टल रिटन्स, कृ लगायतका फिल्ममा अभिनय गरिसकेका उनी रंगमञ्चमा चौथोपटक एकल नाटक प्रस्तुत गर्दैछन्। धेरै समयपछि एकल नाटक गरिरहेका उनी एकल नाटकमा अभिनय गर्नु नशा जस्तै भएको तर्क गर्छन्।

आफूले गरेका अन्य नाटक भन्दा यो नाटक भने निकै चुनौतिपुर्ण रहेको उनी बताउँछन्। यसअघिका एकल नाटकहरुमा आफ्नै संवाद हुन्थ्यो, तर दर्शकसँग अन्तक्रिया गर्ने भने हुँदैन थियो। 'हरेक बबाल कुरा'मा भने दर्शकसँग उनले प्रत्यक्ष अन्तर्क्रिया गर्नुपर्ने हुन्छ।

‘यो नाटक चलिरहँदा म दर्शकसँग कुराकानी गर्छु। दर्शकहरुकै कुरा अनुसार नाटकमा खेल्नुपर्ने हुन्छ। जसकारण यो नाटक गर्न गाह्रो छ। प्ले सजिलो भएपनि अन्तर्किया गर्न गाह्रो हुन्छ। दर्शकसँग गफिँदा नाटकको फ्लो बिग्रिने हो कि भन्ने डर लागिरहेको छ’ उनले सुनाए।

यद्यपि, नाटकको कन्टेन्ट आफैमा उत्कृष्ट र सान्दर्भिक रहेकोले यसले दर्शकहरुलाई सन्तुष्ट बनाउने उनी बताउँछन्।

उनले भने, ‘यो नाटक परीक्षणको लागि भएपनि कन्टेन्ट राम्रो भएर पनि गरेका हौँ। अहिले आश गुमाइरहेको परिस्थिति छ। कथा नै मानसिक स्वास्थ्य सम्बन्धी छ। कन्टेन्ट नै समसामयिक छ। कथाघेराले मान्छेसँग नजिक भएका विषय नै छनोट गर्छ।’

कोरोना संक्रमणका कारण रंगमञ्ज पनि धेरै महिना बन्द रह्यो। बिचको समयमा केही रंगमञ्चमा नाटक देखाइएपनि त्यसले निरन्तरता पाउन सकेन। केहीले अनलाईन नाटक देखाए।  कथाघेराले भने अहिले दर्शकको भौतिक उपस्थितिमा नै नाटक मञ्चन गर्न लागेको हो। तर सीमित दर्शकको संख्याबिच।

आंकाक्षा यो नाटक परीक्षण भएको भन्दै भन्छिन्, ‘गाह्रो अवस्थामा खर्च कम होस् भनेर हामीले एकल नाटक छानेका हौँ। यसमा एकजना मात्रै पात्र छ। टिम पनि सानो छ। सुरुवात चरणमा एकल नाटक गरेर परीक्षण समेत गर्न खोजेका छौँ।’ आम्दानीको मुख्य स्रोत नै दर्शक भएकाले कोरोनाले पुरा दर्शक राख्न नपाउँदा निकै गाह्रो अवस्था आएको उनी बताउँछिन्।

शिल्पी थिएटरले दुई महिनाअघि नाटक ‘अनुपस्थित तीन’ भौतिक उपस्थितीमै देखाएको थियो। उक्त नाटक मञ्चन भएपछि आफूहरुलाई नाटक गर्न आँट आएको आंकाक्षाले सुनाइन्। त्यसपछि उनीहरुले एकल नाटकको कन्सेप्ट तयार भयो र सँगसँगै अभ्यास पनि।

डेढ वर्षदेखि थला परेको थिएटरलाई उठाउन भएपनि भौतिक उपस्थितीमा नै नाटक देखाउने आवश्‍यक रहेको उनी बताउँछिन्।

‘अब गर्ने पर्ने हुन्छ भनेर गरेका हौँ। हरेस खानुभन्दा सानो टिममा भएपनि केही गनुपर्छ जस्तो लाग्यो। अडियन्सलाई पनि यो नाटक हेर्दा स्पेशल फिल हुन्छ। यो पाली पैसा कमाउन्छु भनेर काम गरेका छैनौँ। जसकारण खासै आश छैन’उनले भनिन्।

कोरोनाकालमा केही नाटक डिजिटल्ली प्रस्तुत गरिए। तर त्यसले दर्शकलाई रंगमञ्जकै जस्तो 'फिलिङ' भने दिन सकेन। त्यसैले थिएटर कल्चरको विकल्प नै थिएटर भएको बताउँछिन् आकांक्षा। थिएटरलाई डिजिटल माध्ययमा भिडियो खिचेर हाल्दा नाटक फिल्मजस्तै हुने उनले बताइन्। जसकारण उनी थिएटरलाई डिजिटल प्याल्टफर्ममा लाने कुराको विपक्षमा छिन् उनी।

भन्छिन् ‘थिएटरमा मञ्चन हुने प्लेलाई सिधैँ अनलाइन प्रसारण गरेर देखाउन सक्दैनौँ। अनलाइनमा सिमितता हुन्छ। त्यसैले थिएटरको विकल्प छैन। बरु कामको विकल्प हुन सक्छ। हामीले सात दिन यति कम समयको लागि नाटक देखाएकै थिएनौँ। कोरोनाले अब काम गर्ने स्वरुप परिवर्तन भएको छ। बिस्तारै नाटक टिममा दुई/तीन जना गरेर बढाउँदै जान्छौँ। सानो सानो पाइलाहरु चाल्दै अघि बढ्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell