PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सुरु हुन नपाउँदै नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी



पहिलोपोस्ट

सुरु हुन नपाउँदै नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नदेखिएको भन्दै आक्रोशित रहेको एमालेले आजको बैठक सुरु हुनासाथ नारावाजी गरेको हो। यसअघि बुधवारको बैठकमा पनि एमालेले अवरुद्ध गरेको थियो।

नेकपा एमालेले कारवाही गरेका सांसदहरुलाई सभामुखले सूचना टाँस नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ। एमालेका सांसदहरुको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दल सम्बन्धि विधेयक संसदमा पेश गरेका थिए। एमालेले आफ्नो दल विभाजनमा सभामुखले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेको छ।  

गत बुधबार बसेको बैठकमा पनि यसैगरी नराबाजी भएको थियो भने संसदमा घम्साघम्सीको दृश्य देखिएको थियो। त्यसपछि आजका लागि बैठक डाकेर स्थगित भएको थियो आज पनि मर्यादा पालकहरुलाई एमाले सांसदहरुले ठेलमठेल गरिरहेका छन्। आज अग्र पङ्तिमा महेश बस्नेत, गोकुल बास्कोटा, प्रदीप ज्ञवाली, विशाल भट्टराई, निरु पाल, डिल्लीकुमारी महतो लगायतका सांसदहरु रहेका छन्। उनीहरुले मर्यादा पालकहरुलाई हम्मेहम्मे पारिरहेका छन्।

सभामुखले पटकपटक सांसदहरुलाई सहज स्थितिमा फर्किन अनुरोध गरे पनि सांसदहरुले लगातार अवरुद्ध गरिरहे। करिब १७ मिनेट अवरुद्ध जारी रहेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि संसद स्थगित गरेका छन्। बैठक १५ मिनेटपछि फेरि बस्ने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell