PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुरक्षा पन्त अभिनित फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु



पहिलोपोस्ट

सुरक्षा पन्त अभिनित फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु भएको छ। फिल्म टिमले शुभ मुहर्त गर्दै आजबाट फिल्मको सुटिङ सुरु गरेको हो।

२५ दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन चितवनबाट सुरु गरिएको यस फिल्मका निर्देशक प्रमोद कँडेलले जानकारी दिए।

'आजबाट फिल्मको छायाङ्कन सुरु भएको छ। छायाङ्कनका लागि हामीले प्रशासनसँग अनुमति लिइसकेका छौँ। कोरोना महामारीबिच स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ गरिरहेका छौँ' उनले भने।

यस फिल्ममा सुरक्षाका साथै कमलमणि नेपाल, अफरान अली लगायतका कलाकारहरुको अभिनय रहनेछ।

स्वतन्त्र तरिकाले जीवन बाँच्न चाहने एक युवतीले परिवार र समाजसँग गरेको संघर्षको कथालाई प्रमोदले नै लेखेका हुन्। फिल्ममा कात्तिक स्मिट कर्नाटकको छायाङ्कन रहेको छ। साथै फिल्ममा मेथड एक्टिङ समेत प्रयोग गरिने जनाइएको छ।

योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्त रुपमा यस फिल्मलाई निर्माण गर्न लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell