PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमालेको विरोधबिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश



पहिलोपोस्ट

एमालेको विरोधबिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदको अवरोधबिच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ ।

विरोधकाबिच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए। यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कारवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए।

एमाले सांसद देवेन्द्र दाहालले सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्र्याउने षड्यन्त्र भएको लगाएका थिए। पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए।

अध्यक्ष तिमल्सिनाले सदन चलाउने वातावरण बनाउन आग्रह गरेका थिए। तर अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबिच अध्यादेश पेश भएको हो।

सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell