PahiloPost

Jun 28, 2024 | १५ असार २०८१

सांसद र मर्यादापालक बिच घम्साघम्सी : अर्थमन्त्रीले पेश गरे प्रतिस्थापन विधेयक



पहिलोपोस्ट

सांसद र मर्यादापालक बिच घम्साघम्सी : अर्थमन्त्रीले पेश गरे प्रतिस्थापन विधेयक

काठमाडौं : प्रतिनिधिसभामा नेकपा एमालेको अवरोध बिच प्रतिस्थापन विधेयक पेश भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्।

अर्थमन्त्री शर्माले विधेयक पेश गरिरहँदा एमाले सांसद र मर्यादापालक बिच घम्साघम्सी भएको थियो।   

आज दुईपटक बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेका थिए। पहिलो बैठकमा एमाले सांसदले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। फेरि बसेको दोस्रो बैठकमा एमालेको अवरोध बिच संचालन गरिएको थियो। तेस्रो बैठक सुरु भए लगत्तै एमाले सांसद् रोष्टमतिर दौडिएका थिए। अर्थमन्त्री शर्मा भने पहिलै रोष्टम पुगिसकेका थिए। 

यसअघि तीनवटा विधेयक पेश भइ पास समेत भइसकेको छ। एमालेको विरोधकै बिचमा अर्थमन्त्री शर्माले विधेयक पेश गरेका थिए। विरोधकै बिच सबै विधेयक पास भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell